डडेल्धुरा, ७ मंसिर । डडेल्धुराबाट डोटी जाँदै गरेको से १ क २९३ नम्बरको बस स्कूल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १५ जना घाइते भएका छन ।
अमरगढी नगरपालिका–८ स्थित उग्रतारा मन्दिरमा लागेको मेला भर्न आएकाहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ । डोटीको शिखर नगरपालिकामा रहेको पीसजोन एकेडेमीको बस लिएर मेला भर्न गएकाहरु फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।