दार्चुला, ७ मसिर। मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म १ ख ४३६ नम्बरको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने घाइतेको संख्या १९ पुगेको छ ।
घाइते मध्य ७ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । गए राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज बिहान पौने ५ बजे दुर्घटना भएको हो ।