काठमाडौं, ७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रदेश कमिटीहरूको नामावली पेस भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु सचिवालय बैठकमा सातवटै प्रदेश कमिटीको नामावली पेस भएको हो ।
प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिने गरी नामावली तय गर्न दसैँअघि बसेको सचिवालय बैठकले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले प्रस्ताव पेस गरे पनि थप छलफल भने नभएको श्रेष्ठले जानकारी दिए ।
‘बैठकमा प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिने गरी कार्यदलको प्रस्ताव पेस भएको छ,’ प्रवक्ता श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘प्रस्तावमा सचिवालयको बैठकमा एकस्तरको समझदारी भएपछि अन्तिम टुंगो लगाउन स्थायी समितिमा प्रस्तुत गरिनेछ ।’ जयाँ पत्रिकाबाट