काठमाडौं, ६ मंसिर। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि खुकुरी प्रहार भएको हल्ला कुप्रचार मात्रै भएको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पनि आक्रमणको प्रयास हल्ला मात्रै भएको बताएका छन् । ‘त्यस्तो केही भएको छैन’ उनले भने ‘ विप्लववालाहरुले निराधार हल्ला फैलाएका मात्र हुन् । त्यो गलत हल्ला हो ।’