नारायणपुर, २३ चैत । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा चैत १७ गतेदेखी नारायणपुरमा जारी महायज्ञमा आज सातौ दिन ८ लाख बढि नगद संकलन भएको छ । नारायणपुरमा सुर्यनारायण मन्दिर, धर्मशाला निर्माण एवं हिन्दुत्व संरक्षण गर्ने उद्धेश्यका साथ चैत २४ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल अनुष्ठान २०७२’ को सातौ दिन त्रिपुर १ नारायणपुरका दानबहादुर डाँगी र मोहनकुमारी डाँगीले सबैभन्दा धेरै दान गरेको छ । डाँगी परिवारले नगद १ लाख ७ हजार ५ सय ५५ रुपैया नगद दान गर्नुभएको आयोजक मूल समितिले जानकारी दिएको छ । यो रकम नगदमा अहिलेसम्मकै धेरै हो ।
महायज्ञमा करिब १ सय क्वीन्टल धान पनि संकलन भएको छ । त्रिपुर क्षेत्रका किसानहरुले अन्नदान गरेका हुन् । विभिन्न स्थालबाट गरि १ सय क्वीटन अन्न संकलन भएको महायज्ञका कार्यसम्पादन उपसमितिका संयोजक ईन्द्रबहादुर रायमाझीले जानकारी दिनुभयो । यसैबीच महायज्ञको भोली वुधवार समापन गरिने भएको छ । वुधवार एक कार्यक्रमको आयोजना गरि महायज्ञको औपचारिक रुपमा समापन गर्ने आयोजक मूल समितिका संयोजक टेकबहादुर खड्काले जानकारी दिनुभयो । साथै महायज्ञ समापन कार्यक्रममा उपस्थितिकालागी आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ ।