काठमाडौं, ४ मंसिर। ठेक्का लिने तर काममा ठूलो लापरवाही गर्ने पप्पु कन्ट्रक्सनलाई सरकारले सम्पूर्ण नयाँ खरिद कार्य (टेण्डर प्रक्रिया) मा भाग लिन नपाउने गरी रोक लगाएको छ ।
सिक्टाको सिफारिस अनुसार कार्यालयले पप्पु कन्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको हो । आज मंगलबार कार्यालयले जारी गरेको सूचनामा सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा पप्पु कन्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने देखिएको उल्लेख छ ।