Indrenionline.com

बस दुर्घटनामा १८ जना घाइते

दाङ, २ मंसिर । लमही नगरपालिका ३ टिकुलिगणमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । भालुवाङदेखि लमहीतर्फ आउदै गरेको ना ३ ख ९४७ नम्बरको बस दुर्घटना भएको बताइएको हो ।

दुर्घटनाको बाँकी विवरण आउन बाँकी रहेको लमही प्रहरीले जनाएको छ ।