काठमाडौँ, २ मंसिर । डेढ महिनाभित्र जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारले सन् २०१८ को अन्तिम पुस १६० सम्ममा जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने जानकारी दिए ।
‘ट्रेन सेट’ खरिद गरेर जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको पहिलो प्राथमिकता हो तर सन् २०१८ भित्र नै रेल सेवा सञ्चालनमा ल्याउनुपर्ने समयसीमा भएकाले ‘ट्रेन सेट’ नै ‘वेट लिज’ मा लिएर सञ्चालन गर्ने कि भन्नेबारे छलफल भइरहेको उनले बताए आजको गोरखापत्रमा खबर छ ।