Indrenionline.com

आमाको ४५ औँ दिनमा नायक वज्राचार्यद्वारा बृद्धबृद्धलाई बर्की बितरण

घोराही, मंसिर १ । अन्तराष्ट्रिय खेलाडि तथा नायक घोराही १५ निवासि विरुभाई वज्राचार्यले आफ्नो आमाको स्मृत्तिमा बृद्धबृद्धाहरुलाई न्यानो वर्कि प्रदान गर्नु भएको छ । व्रजाचार्यले आमा दिलमाया वज्राचार्यको ४५ औँ पुण्यतिथिको अवसर पारेर घोराही १६ तेरौटेस्थित जेष्ठ नागरीक सरोकार केन्द्रद्वारा सञ्चालित बृद्धआश्रममा पुगेर बृद्धबृद्धाहरुलाई जाडोको समयमा न्यानो वर्कि प्रदान गर्नु भएको हो ।

चलचित्र र खेल क्षेत्रमा आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै आउनु भएका वज्राचार्य सामाजिक क्षेत्रमा क्रीयाशिल ब्यक्तित्वकारुपमा आफ्नो परीचय बनाइसक्नु भएको छ । उहाले आमाको स्मृत्तिको अवसरमा सामाजिक तथा रचनात्मक कार्य गरेर नयाँ शन्देश दिनु भएको छ । आफ्ना आफन्तजन र स्ष्टमित्रसहीत बृद्धाआश्रम पुग्नु भएका वज्राचार्यले शनिवार बृद्धाआश्रममा एक औपचारीक कार्यक्रम आश्रममा रहेका १७ जना बृद्धबृद्धाहरुलाई वर्कि प्रदान गर्नु भएको थियो ।

आश्रममा ९ जना पुरुष र ८ जना महीला गरी १७ जना बृद्धबृद्धाहरु बस्दै आएका छन् । स्व. वज्राचार्यका तिनभाई छोरा र एउटि छोरी हुनुहुन्छ । न्यानो बर्की ओढाउँदा जेष्ठ नागरिकहरु निकै हर्षित हुनुभएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानि सुशिल गौतमले मानबताको सेबा गरेकोमा छोरा बिरूभाई र उहाको परिबारलाई धन्यबाद दिदै स्व. दिलमायाँ वज्राचार्यप्रति श्रद्धान्जलि ब्यक्त गर्नु भएको थियो । त्यस्तै जेष्ठ नागरीक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीले आफ्नो आमाको स्मृत्तिमा छोराले वृद्धाआश्रममा रहेका बृद्धबृद्धहरुलाई सम्झीएर न्यानो कपडा प्रदान गरेकोमा धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा सहभागि सबैलाई धन्यवाद दिदै छोरा विरुभाई वज्राचार्यले आमाको स्मृत्तिमा वृद्धबृद्धाहरुलाई आफ्नोतर्फवाट सानो सहयोग गर्न पाउदा आफु र आफ्नो परीवार निकै हर्षित भएको र आउदा दिनमा अझै सहयोग गर्दै जाने प्रतिवद्धता ब्यक्त गर्नु भयो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष के.एल.पिडीतले गर्नु भएको थियो । स्व. दिलमायाँको ६७ वर्षको उमेरमा गएको असोज १६ गते निधन भएको थियो ।