जिरी, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताएका छन् ।
पार्टी एकताको प्रसङ्गमा उनले एकीकरण पछिका सबै कमिटीले पूर्णता पाउने बताउने उल्लेख गर्दै नेताहरुको व्यस्तताका कारण तल्ला कमिटी निर्माणमा ढिलाई भए पनि विवाद नरहेको बताए । पार्टी एकतापछि सातै प्रदेशमा जनसभा गरिनेसमेत उनले जानकारी दिए ।