काठमाडौं, १ मंसिर । सवारीसाधनको अत्यधिक चाप हुने पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरी ८ लेनसम्मको बनाउने तयारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग लागिपरेको छ । हाल २ लेन रहेको राजमार्ग सहरी क्षेत्रमा ८ लेन र अन्य भागमा ४ लेनको बनाउन गरिरहेको तयारीबारे नयाँ पत्रिकाका पुष्प कोइरालाको रिपोर्टस्
हाल दुई लेनमा सञ्चालन भइरहेको सो राजमार्गलाई ४ लेनमा र सहरी क्षेत्रमा सर्भिस लेनसहित ८ लेनमा विस्तार गर्ने योजनाअनुसार काम अघि बढाइएको उनले जानकारी दिए ।आजको नयाँ पत्रिकामा खबर छ ‘नारायणघाट–बुटवल खण्डमा सवारीसाधनको चाप अत्यधिक भएकाले यो खण्ड सबैभन्दा पहिले सुरु गर्न लागिएको हो,’ उनले भने, ‘यो खण्डको विस्तारका लागि कम्पनी छनोट भइसकेको छ, ठेक्का सम्झौता गर्न आउन छनोट भएको कम्पनीलाई आह्वानसमेत गरिसकिएको छ ।’
सो खण्ड विस्तारका लागि विभागले चाइना सेट कन्स्ट्रक्सन कम्पनीलाई छनोट गरिसकेको विभागको आयोजना निर्देशनालयका इन्जिनियर प्रदीपराज शाक्यले जानकारी दिए । ‘अबको झन्डै डेढ महिनाभित्र सो खण्डको सडक विस्तार कार्यका लागि ठेक्का सम्झौता भइसक्नेछ,’ इन्जिनियर शाक्यले भने, ‘दुई महिनाभित्र काम नै सुरु हुने अपेक्षा छ ।’