काठमाडौं, १ मंसिर । प्रदेशभित्रका कर्मचारी, प्रहरी, संगठित संस्था र स्थानीय सेवामा कार्यरत कर्मचारीको भर्ना अब प्रदेश लोकसेवा आयोगले गर्नेछ ।
आयोगलाई सम्बन्धित प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी तथा प्रहरी छनोट गरी नियुक्तिको सिफारिस गर्ने अधिकार हुनेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार २५ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन २०७५ को विधेयक स्वीकृत गर्दै संसद्मा पठाउने निर्णय गरिसकेको छ राजधानीमा खबर छ।