Indrenionline.com

दाङसहित प्रदेश नं. ५ मा तीन महानगर बनाउने प्रक्रिया शुरु

रुपन्देही, २८ कार्तिक । दाङसहित प्रदेश नम्बर ५ मा तीन वटा महानगरपालिका बनाउने तयारी थालिएको छ । सरकारले प्रदेशका मुख्य तीन रुपन्देही, बाँके र दाङका शहरलाई केन्द्रित गरी महानगर बनाउन कानुन निर्माणको प्रक्रिया थालनी गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले विकास प्राधिकरण बनाउन आवश्यक कानुन बनाउने प्रक्रियासमेत अगाडि बढाएको छ ।

प्रदेश विकास प्राधिकरण सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्रलाई मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ ।  सरकारले महानगर विकास सम्भाव्यता अध्ययनका लागि डेढ करोड बजेट समेत विनियोजन गरेको छ ।