काठमाडौं, १८ कार्तिक । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुरमा गौचन हत्यामा संलग्न भएको आरोपमा गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई महानगरीय अपराध महाशाखाका टोलीले आज ठूलो भर्याङबाट पक्राउ गरेको छ ।
उनीहरुको बयानको आधारमा जिल्ला अदालत काठमाडौंबाट जारी पक्राउ पूर्जी लिएर महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।