Indrenionline.com

कांग्रेसको चियापानमा एक लाखलाई निम्तो

काठमाडौ, १६ कार्तिक । नेपाली कांग्रेसले आज गर्न लागेको चियापान कार्यक्रम करीव एक लाख वढी व्यक्तिहरुलाई निम्तो दिइएको छ ।

विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा गर्न लागेको कार्यक्रममा करिब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।