Indrenionline.com

धनगढीका विरुद्ध चितवन राइनोजको सानदार जित

इन्द्रेणी अनलाइन
पाेखरा प्रिमियर लिग अन्तर्गत अाजकाे पहिलाे खेलमा चितवनले धनगढीलार्इ एक सय २६ रनकाे फराकिलो अन्तरले हराएकाे छ । चितवनले दिएकाे एक सय ९४ रनकाे लक्ष्य पछ्याउने क्रममा धनगढी निर्धारति २० अाेभर नखेलि  १६.२ अाेभरमा ६७ रनमा समेटिएकाे हाे ।

धनगढीका काेहिपनि  ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । अाेपनर दिलिप नाथ र अनिल शाह खाता नखाेलि अाउट भए । पिटर टेग्रोले २७ रन कप्तान दीपेन्द् सिंह ऐरीले १ रन , सन्दीप जोरा ८ रनको योगदान गरे ।

यसअघि टस हार्दै ब्याटिङकाे निम्ताे पाएकाे चितवनका लागि अाेपनर हरिशंकर शाहले ३३ बलमा ५३ रन र अनिल शाहले ३४ बलमा ३७ रनकाे याेगदान गरे । कप्तान पारस खड्काले १९ रन, सन्नि पटेलले २६ रन र करण केसीले ११ रनकाे याेगदान गरे। धनगढीका लागि दिपेन्द सिंह एेरि , ड्यान लरेन्स, याेगेश कार्की र मनजित श्रेष्ठले समान १/१ विकेटकाे लिए। नयाँ पत्रीकामा खबर छ ।