Indrenionline.com

पीपीएल : धनगढीलाई जित्नै पर्ने दबाबमा चितवन राइनोज

इन्द्रेणी अनलाइन

पाेखरा प्रिमियर लिगकाे अाजकाे पहिलाे खेलमा चितवन राइनाेज र धनगढी ब्लुज भिड्दैछन् ।चितवन राइनाेज अाजकाे खेल जित्नै पर्ने दबाबमा हुनेछ । उसले जारी प्रतियाेगितामा कुनै पनि खेल जित्न सकेकाे छैन । अंक तालिकामा चितवन राइनाेज पुछारमा रहेकाे छ । याे खेलमा जित ननिकालेमा पारस खड्काकाे चितवनकाे अगाडिकाे यात्रा कठिन हुनेछ ।

धनगढी ब्लुज प्रतियाेगिताकाे दाेस्राे जित निकाल्ने उदेश्यका साथ मैदान प्रवेश गर्नेछ । दिपेन्द्र सिंह एेरीकाे कप्तानिमा रहेकाे धनगढीले जारी प्रतिायाेगितामा १ खेलमा जित र १ खेलमा हार व्यहाेरेकाे छ । धनगढी ब्लुुज २ अंक सहित अंक तालिकाकाे चाैथाै स्थानमा रहेकाे छ ।

अाजकाे दाेस्राे खेलमा अंक तालिकाकाे पहिलाे स्थानमा रहेकाे  बुटवल ब्लास्टर्स र प्रतियाेगितामा कुनै खेल नजितेकाे  विराटनगर टाइटन्स अामनेसामन हुनेछन् । खेल दिउँसाे १ बजे हुनेछ ।

नयाँ पत्रीकाबाट