रुकुम, १३ कार्तिक। रुकुम पश्चिमको एक समूहले ३५ लाख रुपैयाँ बराबरको गहुँको बीउ उत्पादन गरेको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१३ छिवाङ चौतारामा रहेको कृषि समूहले वार्षिक ५ लाख बराबरको बीउ उत्पादन गरेर ७ वर्षमा ३५ लाख रुपैयाँ आम्दानी गरेको हो ।
यहाँ उत्पादन गरिएको गहुँको बीउ रुकुम पश्चिम क्षेत्रका चौरजहारी, मुसीकोट, त्रिवेणी, आठविसकोट र बाँफीकोट गाउँपालिकाको साथै छिमेकी जिल्ला जाजरकोट, सल्यानलगायत क्षेत्रमा निर्यात हुने गरेको अध्यक्ष ओलीले जानकारी दिएका छन् । उनका अनुसार यस वर्ष १ सय १० क्वीण्टल गहुँको बीउ उत्पादन गरिएको थियो । यहाँ उत्पादन गरिएको बीउको मूल्य प्रतिकेजी सरदर ५० रुपैयाँ रहेको अध्यक्ष ओलीको भनाइ छ ।
पछिल्लो समय कृषि क्षेत्रमा लगानी घटीरहेको बेला यहाँको किसानले गहुँको बीउ उत्पादन गरेर राम्रो आम्दानी गरेको स्थानीयले बताएका छन् । अभियानका लागि प्रवीर ददेल लेख्छन्ड-ब्लुके १२०४ जातको गहुँ अन्य गहुँकोभन्दा दोब्बर आम्दानी भएका कारण रुकुम लगायत छिमेकी जिल्लाहरुमा यसको माग अत्याधिक रहेको समुहकी सदस्य कमला ओलीले जानकारी दिएकी छिन् ।
यस किसान समूहलाई किसानको लागि उन्नत बीउ बिजन कार्यक्रमले सहयोग गदै आएको छ । किसानको लागि उन्नत बीउ बिजन कार्यक्रमले किसानको उत्पादनलाई बजारीकरणको र प्राविधिक र आर्थिक सहयोग गरेको जनाएको छ ।