काठमाडौँ, १२ कार्तिक ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघियताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन् ।
आज संवाद चौतारीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै केसीले आफू संघियता विरोधी नभई नेपालमा संघिय प्रणालीको मात्रै विरोधी भएको बताए । काँग्रेस एमालेले समेत संघियता नचाएको तर वाध्यतामा परेर संघियता स्विकारेको भन्दै उनले संघियता ठुला दलहरुको आफ्नो एजेण्डा नभई कसैले बोकाईदिएको एजेण्डा भएको समेत उनको भनाई छ ।
साथै उनले नेपालमा संघिय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने दावि गर्दै उनले नेपालमा संघियता भनेको “खर्चन पर्च, काँसी जानुपर्छ” भने जस्तै भएको र अहिले ठुला दलहरुलाई पनि संघियता “नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा वाउको अनुहार” भने जस्तै गलपासो भएको बताए ।