Indrenionline.com

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे अस्पताल

काठमाडौं, १२ कार्तिक। छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

Newly elected Nepalese Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda, (L) sits on a chair upon his arrival to administers the oath of office at the presidential building "Shital Niwas" in Kathmandu, Nepal, August 4, 2016. REUTERS/Navesh Chitrakar
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको भनिए पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

यता अस्तपालले आजै एक विज्ञप्ति निकाली ओलीको स्वास्थ्य अवस्था सुधार उन्मुख भएको जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डीयोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा उत्तक कृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको छातिमा संक्रमण र शरिरमा चिनिको असन्तुलन देखिएको बताए ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थय क्रमिक सुधार भएको जानकारी दिएका छन् । त्यस्तै उनको स्वास्थय स्थिति सामान्य रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।