काठमाडौँ, १२ कार्तिक । कतारका राष्ट्राध्यक्ष शेख तमिम विन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी आज कतार जाँदैछन् ।
उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागीसहित राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको समेत सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।