दोलखा, ९ कात्तिक । दोलखाको गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु भएको छ । आगलागीमा परी अर्का एक घाइते भएका छन् ।
आगलागीमा परी शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र छोरा १२ वर्षीय मिङमा शेर्पाको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले बताए । आगलागीमा परी उनको जेठो छोरा १५ वर्षीय फुर्साङ शेर्पा घाइते भएका छन् ।