तुलसीपुर,१९ असार । प्रर्गतीशील प्राद्यापक संगठनले नेपाल संस्कृत बिश्वबिद्यालयको केन्द्रीय कार्यालयमा कालो झण्डा गाडेको छ । प्रगतिशील प्राद्यापक संगठनका केन्द्रीय सचिव डिलाराम भट्टराईले दिएको जानकारी अनुसार केन्द्रीय समितिको आह्वानमा विरोध स्वरुप कालो झन्डा गाडिएको हो ।
विश्वविद्यालय विद्यापिठको प्राचार्यमा सह–प्रधापक वंशीधर आचार्यलाई नियुक्त गरै संगै संगठन रुष्ट बनेको हो । विश्वविद्यालयका उपकुलपति प्राद्यापक डाक्टर कुलप्रशाद कोईरालाले नियुक्त गरेका आचार्य नेकपा माओवादी केन्द्र निकट हुन् । उनी यसअघि जनताविद्यापिठ विजौरीमा कार्यरत थिए ।