सल्यान, २३ असोज । पठनीय बानी हराउदै गएका वेला सल्यानमा विद्यार्थीहरुमा पढ्ने बानीको विकास गर्न पढाई मेला आयोजना गरिएको छ ।
सूर्यादय माध्यामिक विद्यालयका शिक्षक धिरेन्द्र केसीले विद्यार्थीहरुलाई किताबका कुरा मात्रै पढाएरभन्दा पनि अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदा धेरै कुराहरु सिक्ने बताए ।
‘हामीले विद्यालयमा शैक्षिक सामग्रीहरुको अधिकतम प्रयोग गरेर पढाउँने गरेका छौँ, यसरी पढाउँदा विद्यार्थीहरुको रुचि धेरै हुन्छ,’ उनले भने । मेला सोमवार आयोजना गरिएको हो ।