बर्दिया, २२ असोज । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले संघ, प्रदेश र स्थानीय तहको पहिलो अभिभारा भनेको बलियो कानून निर्माण गर्नु भएको बताएका छन् ।
लामो संघर्ष र वलिदानीवाट देशमा गणतन्त्र आएको र तिन तहको सरकार बनेको भन्दै नयाँ नेपाल निर्माण गर्न तिनै तहका सरकारको महत्वपूर्ण भूमिका रहने पनि उनले उल्लेख गरे ।
सभामुख घर्तीले संविधानमा उल्लेख गरिएको दिशामा देशलाई अगाडि बढाउँदै स्थायित्व, समृद्धि, सुशासन र विकास दिनुपर्ने औल्याए ।
संघ, प्रदेश र स्थानीय तहको विचमा बुझाइमा केही समस्या रहेको भन्दै उनले अव समृद्धिको दिशामा देशलाई अगाडि बढाउन सवै मिलेर लाग्नु पर्ने धारणा राखे ।