Indrenionline.com

डिएसपी राई एक लाख घुससहित पक्राउ

काठमाडौं, २१ असोज । महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राई एक लाख घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख भन्दा धेरै घुससहित राइलाई शनिबार साँझ पक्राउ गरेको हो । एसपी प्रवीण पोखरेलको नेतृत्वमा खटिएको आयोगको टोलीले राइलाई घुस लिएलगत्तै कार्यालयमै पक्राउ गरेको थियो ।