काठमाडौं, २० असोज । महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको कमाण्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शुक्रवार राति मुलपानी स्थित एक ‘भीआईपी जुवा अखडमा छापा मार्यो ।
प्रहरी अप्रेशनका क्रममा हामफालेका दुईजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । जुवाको खालबाट एक महिलासहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
