इन्द्रेणी संवाददाता
दाङ, १९ असार
दाङको घोराही नगरपालिका ६ मसिना स्थित नागेश्वर महादेव पार्वति मन्दिरको निर्माण कार्य भइरहेको छ । निर्माणाधीन गणेश मन्दिर तथा अन्य संरचना निर्माणमा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग रकम उपलव्ध पनि हुने गरेको छ ।
साथै सहयोगदाताहरुलाइ मन्दिर व्यवस्थापन समितले र टोल विकास समितिले धन्यबाद ज्ञापन गरेको छ । नागेश्वर मन्दिरको स्थापना देखि नै बिकास निर्माणमा बिषेश भुमिका खेलेको समितिले वताएको छ ।।