तुलसीपुर, १९ असार । दाङको तुलसीपुर कारागारमा बस्दै आएका ९ जना कैदिलाई फलाम वेल्डीङ सम्बन्धी तालिम दिईएको छ । व्यवसायीक सीप विकास तालिम केन्द्र तुलसीपुर र मानव अनुग्रह सेवा केन्द्र दाङको साझेदारीमा तुलसीपुर कारागारका ९ जना कैदीका लागि सञ्चालित वेल्डीङ् तालिम आईतबार समापन गरिएको छ ।
आफुले गरेको अपराधको सजाय भोगेर घर फर्कदा समाजमा पुनस्थापना हुन सजिलो होस भनेर विभिन्न सिपमूलक तालिमहरु दिने गरिएको श्रेष्ठले बताए । तुलसीपुर कारागारमा रहेका कैदिवन्दीले खाना पकाउने चुलो, टोपी तथा मुडा लगाएतका सामाग्री उत्पादन गर्दै आएका छन् ।
कैदिबन्दीहरुलाई बिभिन्न सिपयुक्त बनाए पनि बजारीकरणमा समस्या रहेको कारागार प्रमुख श्रेष्ठले बताए । तीन महिना सम्म सञ्चालन भएको तालिमको प्रशिक्षकमा रामबहादुर खड्का रहेका थिए ।
कार्यक्रममा मानव अनुग्रह सेवा केन्द्रका अध्यक्ष महतराले तालिम लिएकाहरुका लागि कारागार भित्रै ग्रिल सम्बन्धी काम गर्न वेल्डीङ् मेसिन प्रदान गर्ने बताए । तुलसीपुर कारागारमा हाल १ सय ८९ जना कैदिवन्दी रहेका छन् ।