Indrenionline.com

गोदवारीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

कैलाली, १५ असोज । धनगढीबाट टीकापुर जादै गरेको से १ ख १०२५ नम्वरको बस दुर्घटना हुँदा कैलालीको गौरिगंगा नगरपालिका ४ की  ७५ वर्षीय इश्वरीदेवी विनाडीको मृत्यु भएको छ ।

सोमबार दिउँसो तीव्र गतिका कारण सन्तुलन गुमाउँदा बस सडकबाट तल झरेर दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ११ जना घाईते भएको र तीन जनाको अवस्था गम्भीर रहेको (डिएसपी) वलीले बताए।घाइतेहरु अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा घाइते हुनेहरुमा महेन्द्रनगरका दशरथनाथ, सोही स्थानका शंकर सिंह धामी, कैलाली भुइयाँफाँटाका अनुप चौधरी, प्रदेश चौधरी, बौनिया लोहारपुरकी लक्ष्मी चौधरी, कैलाली बनबेहडाका बिन्दु राना, रुपन्देहीका राजकुमार चौधरी, चौमालाकी सपना चौधरी, पुष्पराज बिडारी, गौरीगंगा नगरपालिकाकै बनसराज चौधरी र कैलाली लोहारपुरकी हिमांशा चौधरी रहेको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले जनाएको छ।