Indrenionline.com

मर्मत भइरहेको सडकको अवस्था अनुगमन

सल्यान, १५ असोज । सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले मर्मत सम्भार भइरहेका सडक कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य इकाइको सोमबार अनुगमन गरेका छन् ।

उनले कपुरकोटदेखि फालावाङ जोड्ने सडकको मर्मत कार्य, वडा नम्बर ४ को वडा कार्यालय तथा सामुदायीक स्वास्थ्य इकाइ अनुगमन गरी आवश्यक निर्देशन दिए ।

वडा कार्यालय तथा स्वास्थ्य इकाइका कर्मचारिको हाजिरी, सेवा प्रवाहको अवस्था तथा गाउँपालिकाले राखेका सडक कामदारहरुको कामको स्थलगत अनुगमन गर्दै अध्यक्ष सेनले कर्मचारीहरुलाइ कुनै पनि जनगुनासो नआउने गरि काम गर्न निर्देशन दिए ।

वर्षातले विग्रीएका सम्पूर्ण मोटरबाटोहरु मर्मत कार्यलाई जारी राखेको गाउँपालिकाले बाटो संरक्षण र मर्मतमा उपभोक्ताको पनि भूमिका हुनुपर्ने जनाएको छ ।