Indrenionline.com

विप्लव कार्यकर्ताद्वारा मालपोत कार्यालय तोडफोड

मकवानपुर, १४ असोज। नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ताले मकवानपुरको थाहा नगरपालिकामा रहेको मालपोत कार्यालयमा तोडफोड गरेका छन् ।

कार्यालय छिरेर ४ वटा कम्प्युटर तोडफोड गर्नुका साथै अधिकृत मधु लम्साललाई मोसो दलेका छन् ।तोडफो ड र मोसो दलेर कार्यकर्ता फरार भएका छन् । नगरपालिका कार्यालयबाट १ सय मिटर मात्रै टाढा इलाका प्रहरी कार्यालय पालुङ रहेको छ ।