काठमाडौंँ, ११ असोज ११ गते । थारु कल्याणकारिणी सभा (थाकस) को अध्यक्षतामा धनीराम चौधरी चयन भएका छन् । आइतबारदेखि सुरु भएको २२ औं महाधिवेशनबाट चौधरीलाई अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो । त्यस्तै अधिवेशनबाट ३६ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ ।
निर्वाचित अन्य केन्द्रीय सदस्यमा भागिरथि रानाथारु (कञ्चनपुर), रामचरण चौधरी (कैलाली), मिनराज चौधरी (वर्दिया), नेमनारायण सिंह थारु (बाँके), कृष्णबहादुर थारु (सुर्खेत), चुर्णबहादुर चौधरी (दाङ), जंजीरप्रसाद चौधरी (कपिलवस्तु), देवीप्रसाद चौधरी (रुपन्देही) निर्वाचित भएका छन् ।
त्यस्तै केन्द्रीय सदस्यमा नरेश चौधरी (नवलपरासी), राजेन्द्र चौधरी (चितवन), जानकी चौधरी (मकवानपुर), वृजमोहन चौधरी (पर्सा), हृदयनारायण चौधरी (बारा), अधिकलाल चौधरी (रौतहट), चन्द्रनारायण सिंह थारु (महोत्तरी), उत्तम चौधरी (धनुषा), वीरेन्द्र चौधरी (रौतहट), सावित्री चौधरी (सप्तरी), जयराम पञ्जियार (उदयपुर), पुनितलाल चौधरी (सुनसरी), कन्नुलाल चौधरी (मोरङ) र हरिनारायण चौधरी (झापा) रहेका छन् ।
त्यस्तै महिला सदस्यमा दिलकुमारी चौधरी, विष्णुकुमारी चौधरी, कृष्णमाया चौधरी, यशोदा चौधरी, सुमित्राकुमारी चौधरी, इन्दु चौधरी, सरस्वती चौधरी, उर्मिलादेवी चौधरी र लक्ष्मी चौधरी निर्वाचित भएका छन् ।