दिपक बोहरा
तुलसीपुर १९ असार । २०७३ साल भित्र तुलसीपुर नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियानलाई सार्थक दिन तुलसीपुर नगर बाल संजालले दुई दिने अभियान सञ्चालन गर्ने भएको छ । बालविवहा न्युनिकरण गर्नुका साथै बालबालिकाहरुका अधिकार सुनिश्चित गर्ने उद्देश्यले आज र भोली तुलसीपुर क्षेत्रमा चेतनामुलक पम्पलेट बितरण र माईकिङ् गर्ने नगर बाल संजालका अध्यक्ष कमल नेपालीले जानकारी दिनुभयो ।