काठमाडौँ, ८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको साइत सार्वजनिक गरेको छ ।
कात्तिक ६ गते जमरा सेलाउने र ७ गते कोजाग्रत पूर्णिमा तोकिएको छ । पर्चा परम्परा अनुसार साइत उपत्यकाका तीनवटै मल्लकालीन दरवारका ढोकामा सर्वसाधारणको जानकारीका लागि टाँस भएको हनुमानढोका दरवार हेरचाह अड्डाका पर्वपूजा समितिका संयोजक मिठाराम पुडासैनीले जानकारी दिएका छन् ।