Indrenionline.com

ठेकेदारको लापरवाहीले पाँच पुल अलपत्र

कालिकोट, ७ असोज । ठेकेदारको लापरबाहीले कर्णाली राजमार्गका एउटा पुलको कालो सुचि सहित ४ वटा पुल अलपत्र परेका छन । म्याद सकिएको लामो समय भए पनि अझै सम्म पुलको निर्माण अधुरै रहेको छ । सडक डिभिजन कार्यलय सुर्खेतले हेर्ने ४ र जुम्ला सडक डिभिजन कार्यलयले हेर्ने एउटा गरि जम्म ५ वटा पुलको निर्माण अलपत्र अवस्थामा रहेका छन ।

निर्माण अलपत्र पार्नेमा रसुवाइलाईट सुर्य जे भि निर्माण कम्पनीले जिम्मा लिएको राजमार्गको दैलेखको जाग्सि खोला व्रिजपुल ,जयवुद्ध नेपाल मेगा जे भि निर्माण सेवाले जिम्मा लिएको दैलेखको, वोटखोला व्रिजपुल ,रोशनश्याम एण्ड शंकर जेभि निर्माण सेवाले जिम्मा लिएका दैलेखमै पार्ने कुमाले खोलाको व्रिजपुल , गोल्डेन गुड जेभिले निर्माणको जिम्मा लिएको दैलेखको आठविसे नगरपालिका स्थित घटेखोलाको व्रिजपुल र कालिकोटको तिलागुफा नगरपालिका स्थित खल्ल्लागाड खोलको पुलहरुको म्याद थप गर्दा समेत अझै निर्माण अलपत्र अवस्थामा रहेकोे सुर्खेत सडक डिभिजन कार्यालयले जनाएको छ ।

यस्तै सुर्खेत देखि दैलेखको दैखोला सम्म १२ वटा पुलको निर्माणको जिमा लिएको रसुवा निर्माण सेवाले पनि सम्झौता सकिन लाग्दा पनि पुलनिर्माणको अवस्था ढिला सुस्ति रहेको पनि पाईएको छ ।

कार्यालयका इन्जिनियर देवेन्द्र भटराईका अनुसार ठेकेदारले समयमै ठूलो लागतका पुल निर्माण नगर्दा यात्रु समस्या भोग्न बाध्य छन । सरोकारवाला निकायको उदासीनता, ढिलासुस्ती र ठेकेदारको लापरबाहीका कारण कर्णाली राजमार्ग अन्तर्गत पर्ने अति आवश्यक ५ वटा व्रिजपुलको निर्माण कार्य अलपत्र परेकोे बताए ।

कालिकोटको तिलागुफामा पर्ने टाकुल्ला खोलानको पुलभने वर्षौै समय खर्चिदा समेत पुल नवन्दा कालो सुचिमा परिसकेको बताउँदै बाँकि ५ ठाउँका पुल निर्माणको ठेक्का पाएको ४ वर्षभन्दा बढी भइसक्यो,’उनले भने, भौतिक प्रगति भने केहि नदेखिएको बताए ।

राजमार्गको दैलेखको जाक्सि खोलामा १८ लाख लागतमा निर्माण हुने ५० मिटर व्रिजपुलको पिलर मात्र ठड्याएको छ ।सम्झौता मिति सकिएको ३ वर्ष वितिसक्दा पुलको पिलर मात्र ठड्यायएको छ।

यस्तै अन्य ४ वटा पुलको अवस्था पनि उस्तै रहेको पाइएको छ ।हिउँदको समयमा एक दुई जनाकामदार मजदुरी गरिरहेका देखिन्छन । बाँकी समय निर्माणस्थलमा न कामदार देखिन्छन न त ठेकेदार नै आउने गरेको स्थानीयको भनाइ छ । एकदुई दिन लगातार वर्षा हुने बित्तिकै खोलामा पानीको सतह बढ्छ । सडक अवरुद्ध हुँदायात्रु सास्ती खेप्न बाध्य छन ।

दैलेखको जाग्सि खोलाको पुलनिर्माण अवधि २०७०मा सम्भौता भई २०७५ वैशाख मसान्तमै सकिनु पर्ने भएतापनि अहिले सम्म पिलर मात्रखडा गरिएकाछन । २०७३ सालमा पिलर खडामात्र गरिएको पुल भत्किए पछि म्याद थप गरिएको थियो । वर्षमा एक महिनाजति काम गरेको जस्तो गर्ने र बाँकी समय कामै नहुने गरेको स्थानीयले बताए ।

ठेक्काको सम्झौता हुँदा निर्माण कम्पनीलाई दिएको म्याद सकाएर दुई दुई पटक थपिएको भएतापनि अझै थप समय पनि त्यसै गुजारिएको छ । छिटैपुल बन्छ भनेर सुनेको ३ वर्ष कटाउँदा पनि पुल नबन्दा यहाँका स्थानीयलाई खोला तर्न निकै समस्या भएको छ । कालिकोटका स्थानीय गाडि चालक विष्णु शाहिले भने प्रत्येक वर्षामा सधैं ज्यान धरापमा राखेर खोला तर्न बाध्य भएका छांै । प्रत्येक वर्षको वर्र्षयाममा खोलाको पानी वढ्दा कर्णाली राजमार्गमा चल्ने सवारी साधनहरु वाटोमै लाम लाग्ने गरेका छन ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्कीले गृह मन्त्रालयको परिपत्र अनुसार समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनिहरुको बिवरण मन्त्रालयमा पठाउँदा पनि निर्माण कार्य छिटो नभएको बताए ।

उनले सडक डिभिजन कार्यलय जुम्ला र सुर्खेतलाइ वुझि कर्णाली राजमार्गका सवैपुल र निर्माणधिन पुलहरुको निर्माण कार्यलाई तीव्रता दिन निर्माण कम्पनिहरुलाई ताकेता गरेका भए पनि त्यसलाई ठेकेदारहरुले वास्ता गरेका छैनन् । राजधानीबाट