Indrenionline.com

प्रधानमन्त्री ओली १३ दिन देश वाहिर

काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ अमेरिका प्रस्थान गरेका छन्। ओली राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका हुन्।

संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागी भएपछि उनी त्यहाँबाट मध्य अमेरिकी मुलुक कोष्टारिक जाने छन्।

संयुक्त राष्ट्रसंघको महासभा मंगलबारबाट सुरु भए पनि उच्चस्तरीय छलफल भने मंगलबारबाट हुँदै छ। प्रधानमन्त्री ओलीले महासभामा बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ। उनी १३ दिन देशवाहिरै रहने छन् ।