असार १८ चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको कविलास गाविस–८ घुमाउनेमा आज बिहान गुडिरहेको बसमा माथिबाट खसेको ढुङ्गाले लाग्दा बसका चालक र सहचालक घाइते भएका छन् ।
उक्त घटनामा परी बसका चालक सर्लाही राजघाट–२ निवासी ४० वर्षीय टङ्ककुमार मोक्तान र बसका सहचालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–१० निवासी २३ वर्षीय मनोहरकुमार चौधरी घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
रातोपाटी बाट