महेन्द्रनगर, ५ असोज । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ७ वर्षीया बालिकालाई कक्षाकोठामै बलात्कार गरेको आरोपमा सोही नगरपालिका १ का १० वर्षीय बालक पक्राउ परेका छन्।
पक्राउ परेका बालकको नाम गोप्य राखेको छ। बालिका कक्षा २ र बालक कक्षा ६ मा एउटै विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। कानुनतः बालकलाई हिरासतमा राखेर अनुसन्धान गर्न मिल्दैन। जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले बालिगको हकमा बाल सुधार गृहमा राख्नुपर्ने अथवा परिवारको जिम्मा लगाएर अनुसन्धान गर्नुपर्ने कानुनी व्यवस्था रहेको बताए।