असार १८ । जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका एक थुनुवा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाटै फरार भएपछि अहिले इलाका प्रहरी कार्यालय, दमकमा खैलाबैला मच्चिएको छ ।
शुक्रबार सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान पार्टीले दमकमा आयोजना गरेको कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजन लिम्बूसहितको प्रहरीको टोली कार्यक्रमस्थलमा रहेका बखत खानाखाने क्रममा उनी मेसबाट पर्खाल नाघेर फरार भएको बताइएको छ ।
नाबालिकालाई बलात्कार गरेको अभियोगमा उनी गत असार ५ गतेदेखि प्रहरी हिरासतमा थिए ।