Indrenionline.com

परिवार नियोजनका साधानबारे जानकार ९०%, प्रयोग ५०% मात्रै

काठमाडौँ, २ असोज । परिवार नियोजनका बारेमा आम व्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ । परिवार नियोजनका सेवा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

प्रजनन स्वास्थ्य विधेयकले यसलाई आधारभूत स्वास्थ्य सेवाभित्र समेटेको छ । सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार परिवार नियोजनका बारेमा ९० प्रतिशतभन्दा माथिलाई जानकारी छ तर प्रयोगदर ५० प्रतिशतको हाराहारीमा मात्र छ । कूल प्रजननदर पनि (१५–४९ वर्षका उमेर समूहका महिला) २ दशमलव ३ मा घटेको छ ।

पाँचाँै परिवार नियोजन दिवसका अवसरमा परिवार स्वास्थ्य महाशाखाद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश नं ३ मा सबैभन्दा बढी र प्रदेश नं ४ मा सबैभन्दा कम परिवार नियोजनका साधन महिलाले प्रयोग गर्ने गरेको तथ्याङ्क छ । ती प्रदेशमा क्रमशः ४९ दशमलव २ र ३७ दशमलव ३ प्रतिशत प्रयोगदर रहेको छ । रासस