धनुषा, २ असोज । सिके राउतका मुख्य सहयोगी सत्यनारायण मण्डललाई प्रहरीले पक्राउ गरेको छ । मण्डललाई आज मंगलबार दिउँसो जनकपुर उपमहानगरपालिका ८ स्थित उनकै घरबाट पक्राउ गरेको हो ।
यसैगरी उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने तयारी गरिरहेका ५ जना पक्राउ परेका छन् । उनीहरु सिके राउतका कार्यकर्ता भएको प्रहरीको दाबी छ । राजविराज ७ का सुरेन्द्र शर्मा (मधेसी) लगायत ५ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।