काठमाडौँ, १ असोज । यन्त्र र औजारको पूजा अर्चना गरेर आज सोमबार विश्वकर्मा पूजा मनाइँदैछ । यन्त्र र औजारको पूजा गर्दा शाकाहारी र शात्विक रूपमा रहेर विश्वकर्मालाई संस्मरण गरिन्छ ।
औजार चलाउने कलकारखाना तथा ज्यासलका कालिगढ, मजदुर र मालिकबीच हार्दिकता व्यक्त हुने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ ।