बागलुङ, ३१ भदौ । पूर्व निर्धारित उमेर अथवा मापदण्ड पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका पेन्सनरहरुले अब सामाजिक सुरक्षा भत्ता नपाउने भएका छन्।
नयाँ सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि—२०७५ गत श्रावण २३ गतेको मन्त्री स्तरको बैठकबाट स्वीकृति प्रदान गरेपछि देशभरमा सोही अनुसार गर्न गराउन निर्देशन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय केन्द्रीय पञ्जीकरण शाखाका शाखा अधिकृत सावित्री बस्नेतले जानकारी दिइन् ।
यसबारेमा विभागले नयाँ कार्यविधिले व्यवस्था गरे अनुसार जिल्लाका सबै स्थानीय तहमा अब पेन्सनरहरुलाई भत्ता नबाँड्न निर्देशन गरेको छ ।
