गोरखा, २९ भदौं । जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ ।
यहाँको प्राइम बैैंक र सिद्धी गणेश बचत तथा ऋण सहकारी संस्थामा गत साता एक हजारका तीन नक्कली नोट फेला परेपछि प्रजिअ भट्टराईले सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
“गोरखा र लमजुङमा भेटिएको नक्कली नोेटको नम्बर एउटै भएको जानकारीमा आएको छ,” प्रजिअ भट्टराईले भने। सूचना लुकाएर राख्दा आपराधिक गतिविधि बढ्न सक्ने भएकाले समयमै खबर गर्न उनले बैंकलाई निर्देशन दिए । रासस