Indrenionline.com

एसपी विष्टको डिएनए परीक्षण

काठमाडौं, २९ भदौ । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको समयमा कञ्चनपुरमा रहेर प्रहरी प्रमुखको भूमिका निर्वाह गरिरहेका एसपी डिल्लिराज विष्टको डिएनए परिक्षण शुरु गरिएको छ ।

तत्कालिन समयमा पन्त घटनाको अनुसन्धानमा संलग्न समेत रहेका विष्टको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्टको डीएनए परीक्षण शुरु गरेको हो ।

अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्ती नेतृत्वको टोलीले विष्टको डीएनए परीक्षणका लागि आज बिहान रगतको स्याम्पल लिएको बुझिएको छ ।

उनीसँगै छोरा किरण र भीमदत्त नगरपालिकाका आयुष बिष्टको पनि डीएनए परीक्षण गर्ने तयारी थालिएको बताइएको छ । विष्ट तत्कालका लागि निलम्बनमा समेत परेका छन् ।