काठमाडौं, २९ भदौ । आज भाद्र शुक्ल पञ्चमी । आजको दिनलाई ऋषि पञ्चमी अर्थात नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । यो दिनलाई तीज पर्वको अन्तिम दिन पनि मानिन्छ ।