काठमाडौं, २५ भदौ। संसदीय सुनुवाइ समितिले अन्तः प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई अनुमोदन गरेको छ।
सोमबार भएको मिश्रको सुनुवाइपछि समितिले मिश्रलाई २८ औं प्रधानन्यायाधीश बन्ने ढोका खोलेको हो। सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक प्रावधान भएकाले औपचारिक रुपमा उनले केही दिनपछि मात्रै प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नेछन्।