Indrenionline.com

बेगनासतालमा डुंगा दुर्घटना हुँदा दुईको मृत्यु

पोखरा, २३ भदौ। कास्की पोखरास्थित बेगनासतालमा डुंगा दुर्घटना हुँदा दुईको ज्यान गएको छ । यसरी मृत्यु हुनेमा कृष्णकुमारी बजगाईं र जमुना कँडेल रहेको प्रहरीले जनाएको छ ।

बेगनासतालपारी तीजको दर खान जाँदा डुंगामा सवार बालक खसेपछि उनलाई बचाउन खोज्दा डुंगा दुर्घटना भएको थियो । डुंगामा १२ सवार भएपनि अन्यलाई उद्धार गरिएको थियो ।