बनेपा, २३ भदौ । बनेपामा तीजको दर खाँदा ५० जना भन्दा बढी विरामी परेका छन् । पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा बिरामी परेका हुन् ।
बिरामीको सङ्ख्या बढ्दै गएको र विशेषगरी बालबालिका सिकिस्त रहेको प्रहरीले जनाएको छ । स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्थाले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो ।